Like us!
Follow us!
Connect us!
Watch us!

तरलतामा सुधाारको संकेत, निक्षेप संकलन बढ्दा ओरालो लाग्दै सीडी रेसियो

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १३ : ५७ मा प्रकाशित

तरलतामा सुधाारको संकेत, निक्षेप संकलन बढ्दा ओरालो लाग्दै सीडी रेसियो

बैंकहरूको निक्षेप संकलन एक सातामा ५९ अर्बले बढेको छ । पछिल्लो समय पुँजीगत खर्च बढ्दै जानु, स्थानीय तहको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउनु, राष्ट्र बैंकले पुर्नकर्जा बैंकहरुमा पठाउनु, आयातमा कडाइ गरिनु जस्ता विभिन्न कारणहरुले बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार पौष १६ गते बैंकहरूको निक्षेप ४८ खर्ब १८ अर्ब रूपैयाँ रहेको मा एक सतामा बैंकहरूको निक्षेप ५९ अर्बले बढेर पौष २३ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । यो एक सातामा बैंकहरूको कर्जा लगानी ८ अर्बले बढेर ४६ खर्ब २५ अर्ब पुगेको छ ।

पौष १६ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.७६ प्रतिशत रहेको मा २३ गतेसम्मा त्यो घटेर ८९.२९ मा झरेको राष्ट्र बैंकले जनाएको छ । 

61dbeb4f83866.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको