Like us!
Follow us!
Connect us!
Watch us!

“बजार बढ्ने आधारहरु धेरै छन तर लकडाउनको हल्लैले मात्र बढेको बजार दिगो नहुन सक्छ”

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १४ : ०० मा प्रकाशित

“बजार बढ्ने आधारहरु धेरै छन तर लकडाउनको हल्लैले मात्र बढेको बजार दिगो नहुन सक्छ”

सेयर विश्लेषक केशब प्रसाद श्रेष्ठले अहिले बढेको बजार दिगो नहुन सक्ने सम्भावना रहेको बताएका छन।  अर्थसंसारसँग कुरा गर्दै उनले अर्थतन्त्रका अन्य इण्डिकेटरहरुमा खास सुधार नभईसकेको अहिलेकै अवस्थामा  सेयर बजार बढेर अल टाइम हाइलाइ ब्रेक गर्दै माथि जान्छ भन्ने कुरामा आफू विश्वस्त नभएको बताए।

बजार बढ्ने केहि आधार नै नभएका होइनन, आधारहरु छन। धितोपत्र बोर्ड र नेप्सको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेको छ, त्यो एउटा सकारात्मक कुरा हो।  बैंक वित्तिय संस्थाहरुको व्याजदर पनि नबढ्ने कुराहरु आइरहेको छ त्यो पनि बजारको लागि सकारात्मक कुरा हो।  बिस्तारै तरलता सहज हुँदै गएको छ त्यसले पक्कै पनि सेयर बजारमा सकारात्मक नै असर पार्नेछ। तर यी सबै कुराहरु भैसकेका छैनन्।  बैंक वित्तिय संस्थाहरुले माघ महिनाको व्याजदर निर्धारण गरिसकेका छैनन्। बढाउँछन कि बढाउँदैनन् हेर्ने बाँकी छ। 

'अहिले यो जुन सरकारले स्मार्ट लकडाउन गर्ने भयो, अब पूर्ण रुपमा लकडाउन हुनेछ; पहिला पनि लकडाउन भएपछी सेयर बजार बढेको थियो अब पनि बढ्छ भन्ने जुन टेक्निकल मेण्टालिटीबाट बजार बढेको छ, त्यसरी नै घट्ने सम्भावना पनि रहन्छ।  यसरी बढेको बजार दिगो नहुन सक्छ।' श्रेष्ठले भने।  

नाम चलेका प्राविधिक विश्लेषकहरु त बजारले अब अल टाइम हाइ ब्रेक गरेर बजार निकै माथि जान्छ भन्छन नि भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै श्रेष्ठले भने, ' त्यो उहाँहरुको कुरा हो, के कति कारणले भन्नुभयो उहाँहरुलाई नै सोध्नुहोला। अहिलेकै अवस्थाको अर्थतन्त्रले सेयर बजार बढेर जाने देखाउदैन।  प्रति व्यक्ति आय बढेको छ ? देशको आर्थिक वृद्धिदर बढेको छ? २/४ दिन देखि जुन वृद्धि नेप्सेमा देखिइरहेको छ त्यो दिर्घकालिन होइन।  हिजो ७३ अंकले नेप्से बढ्यो।  आज १०/१२ अंकले बढिरहेको छ।  भोलि देखि प्रोफिट बुक हुन थाल्छ अनि नेप्से फेरी पुरानै लयमा फर्किन्छ । ' 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको