Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकको ४ बुँदे निर्देशन

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १४ : ३६ मा प्रकाशित

बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकको ४ बुँदे निर्देशन

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई ४ बुँदे निर्देशन जारी गरेको छ । पछिल्ला दिनहरुमा कोभिड १९ को संक्रमण फैलने संकेत देखिएकोले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न भनेको छ ।

यस्ता छन् राष्ट्र बैंकले दिएको ४ बुँदे निर्देशन :

१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने ।

२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने ।

३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित ATM Booth हरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी Sanitzer लगायतका समाग्रीको व्यवस्था गर्ने ।

४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर Virtual माध्ययमबाट गर्ने व्यवस्था मिलाउने ।
 

61dbf41e26ce5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको