Like us!
Follow us!
Connect us!
Watch us!

ओमिक्रोन भेरियन्ट फैलनुमा पार्टीहरु नै जिम्मेवार छन्ः डा.सुन्दरमणि दिक्षित

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १६ : ४२ मा प्रकाशित

ओमिक्रोन भेरियन्ट फैलनुमा पार्टीहरु नै जिम्मेवार छन्ः डा.सुन्दरमणि दिक्षित

वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् । दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी थियो । 

आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. दिक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि धेरै राजनीतिक दलहरुलाई महाधिवेशन गर्न दिएकोले कोरोना संक्रमण फैलिएको बताए । उनले भने,‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरुको महाधिवशेनको कारण कोरोना भाइरसको संक्रमण बढेको हो ।’ दलहरुले कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिएकाले भयावह अवस्था आइसकेको बताए ।  

आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिएपनि कार्यान्वयन नगरेको बताए । कुनै पनि दल र दलका नेताहरुको प्रतिवेदनमा कोरोना खोपको बारेमा उल्लेख नगरेकोे समेत बताए ।  सरकारले आफ्नो पार्टीको भेला रोक्न नसकेको भन्दै आज २५ जनाको भेलालाई रोक्न खोज्नु हास्याँस्पद भएको बताए ।
आफुले २ वर्ष अगावै रिपोर्टर्स क्लबबाटै कारोना भाइरसको खतराबारे जानकारी दिएको सुनाए । नेपाली जनताले आज बाध्य भएर कोरोना भाइरसको बारेमा जान्न र सुन्न परेको उनले बताए । 

भाइरसलाई भ्रष्टचारीको संज्ञा दिदै उनले भने, ‘भ्रष्टाचारीलाई जतिनै मासियो भनेपनि बढी हाल्छ त्यस्तै हो यो भाइरस, हाम्रै वरिपरि घुमिरहेको हुन्छ ।’ मानिसहरुको लापरवाहीले गर्दा नै भाइरस संक्रमण बढेको उनको भनाई थियो । 

भुटानले सबै जनसंख्यालाई २ डोज दिइसक्दा नेपालले बालबालिकाहरुलाई खोप दिन नसकेको बताए ।  विद्यार्थी, नेता, बन्द कोठामा बस्ने तथा बाहिर हिड्नेहरुले मास्कको प्रयोग नगरेको उनले आरोप लगाए । मास्क लगाएर, कोरोना प्रोटोकल्सको प्रयोग गरेर आफु मात्र नभएर परिवार र सिंगो समुदायलाई बचाउनुपर्ने उनको भनाई थियो । 

खोप नै भाइरसको संक्रमण रोक्ने एक मात्र बुटी भएको भन्दै डा.दिक्षितले सरकारले खोप तत्काल ल्याउन सरकारलाई सुझाव दिए । उनले भने, ‘एक महिना भित्र खोप ल्याउन पर्यो । जतिसक्दो चाडो खोप दिइन्छ त्यत्तिनै चाडो संक्रमण  बढ्न पाउँदैन ।’ ओमिक्रोन भेरियन्ट बढ्दै गएमा अस्पतालले धान्न नसक्ने उनले बताए । सरकारको अहिलेको पहिलो प्राथमिकता बालबालिकाहरुलाई खोपको व्यवस्था गर्ने हो भन्दै उनले ओम्नीकाण्ड, सुनकाण्ड, ललिता निवास काण्डलाई पछि सारेर खोपको व्यवस्था गर्न आग्रह गरे ।  

सचेत नागरिक हुनुको नाताले मास्क राम्रो लगाउने, सामाजिक दुरी कायम गर्ने र  बारम्बार स्यानीटाइजरको प्रयोग गर्न सबैलाई आग्रह गरे । दैनिक तथा आफूलाई आशंका लागको दिनमा नाकमा मनतातो पानी हालेर जलनेत्री गर्न समेत उनले आग्रह गरे । कुनै पार्टीको कार्यकर्ता यस्तो अवस्थामा नेताहरुको पछि नलागेर आफ्नो स्वास्थ्यमा ध्यान दिन पर्ने उनले धारणा राखे ।

आफ्नो र हाम्रो खोप भनेको मास्क हो भन्दै उनले सरकारको खोप भ्याक्सिन भएको सुनाए । सरकारले सबै विद्यालयमा गएर बालबालिकाहरुलाई खोप दिन पर्ने उनको भनाई थियो । 

भाइरसको कुनै पनि औषधी नहुने भन्दै डा.दिक्षितले जनता आफै सचेत हुनुपर्ने बताए । उनले भने, ‘भ्याक्सिन, सामाजिक दुरी, जलनेत्री र जडिबुटी मात्र हाम्रो हतियार हो यसलाई प्रयोग गर्न गर्नुहोस् सरकारले आफ्नो किसिमले काम गर्छ । भाइरसको कुनै पनि औषधी हुँदैन् । हामीसँग जे छ त्यति मात्र गर्ने हो ।’ 

लकडाउन समस्याको समाधान होइन् भन्दै उनले भाइरसलाई लकडाउनले केही नगर्ने तर्क गरे । उनले भने, ‘भाइरस जहाँबाट पनि छिर्छ । लकडाउनको कुनै अर्थ छैन् ।’ डेल्टा र ओमिक्रोनको विवाह भईरहेको छ । सबैले आफ्नो बचाउ आफै गर्नुपर्छ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको