Like us!
Follow us!
Connect us!
Watch us!

बढ्दै काेराेना संक्रमण : पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा संक्रमण पुष्टि

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, १७ : ०१ मा प्रकाशित

बढ्दै काेराेना संक्रमण : पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

आइतबार ११ सय ६७ र सोमबार १४ सय ४६  जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घन्टामा पन्ध्र हजार ३३ वटा नमुना परीक्षण गर्दा २४ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार दश हजार ६ सय ७८ जनामा गरिएको पीसीआर परीक्षणमा १९ सय ८१ जनामा र चार हजार तीन सय ८५ जनामा एन्टिजेन परीक्षण गर्दा ४६३ जनामा संक्रमण देखिएको हो । 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या नौ हजार ५२२ रहेको छ । पछिल्लो २४ घन्टामा तीन सय १३ जना डिस्चार्ज भएका छन् । एकजनाको मृत्यु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको