Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्याेरेन्सले डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १३ : ०३ मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्याेरेन्सले डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

महालक्ष्मी लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे पाैष २६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा माघ २७ गते, बिहीबार महालक्ष्मी लाईफ इन्स्याेरेन्सकाे प्रधान कार्यालय, कमलपाेखरी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/७७ को आय व्यय हिसाव, नाफा/नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने, सञ्चालक समितिद्वारा स्वतन्त्र सञ्चालकमा नियुक्त रविराज भट्टराईको नियुक्ति अनुमोदन गर्ने, लेखा परिक्षण समितिद्वारा सिफारिस आनन्दराज शर्मा वाग्ले, वाग्ले एण्ड एसोसियट्सलाई आर्थिक वर्ष २०७७/७८ अवधिका लागि लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्तावहरू पारित गरिनेछ ।

सभाकाे विशेष प्रस्तावमा कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७६/७७ मा भएको खर्च अनुमोदन गर्ने एजेन्डा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61e124000992b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको