Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ बढ्दै संक्रमणः २४ घण्टामा ५ हजार ८७ जना कोरोना पुष्टि, उपत्यकामा मात्र २६०७ जना

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १६ : ४९ मा प्रकाशित

दिनहुँ बढ्दै संक्रमणः २४ घण्टामा ५ हजार ८७ जना कोरोना पुष्टि, उपत्यकामा मात्र २६०७ जना

पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार  २० हजार ५६० जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ५ हजार ८७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । 

यस्तै, गरी २४ घण्टामा ३०६ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन् जसमध्यमा काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका हुन्। 

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणकै कारण तिन जनाको मृत्यु भएको छ । देशभर १८ हजार २ सय  ३५ जना कोरोनाका सक्रिय संक्रमित छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको