Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयनले मर्जरको प्रस्ताव अस्विकृत गरेपछि नेपाल इन्भेष्टमेन्टको विशेष साधारण सभा रद्द

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, १० : ३७ मा प्रकाशित

हिमालयनले मर्जरको प्रस्ताव अस्विकृत गरेपछि नेपाल इन्भेष्टमेन्टको विशेष साधारण सभा रद्द

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गतेका लागि आह्वान गरेको विशेष साधारण सभा रद्द भएको छ । 

सभाले नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक लिमिटेड एक आपसमा गाभ्ने गाभिने मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ऐजेन्डा थियो तर हिमालयन बैंक लिमिटेडको पौष ३० गते, शुक्रबार बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भएको उनन्तीसौँ वार्षिक साधारण सभाले मर्जरको विशेष प्रस्ताव अस्विकृत गरे पछि इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द भएका हो ।

दुवै बैंकबीच वैशाख ३० गते, बिहिबार एक आपसमा गाभ्न गाभिनका लागि प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियाे। हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतम तथा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडेले उक्त सम्झौतापत्रमा  हस्ताक्षर गरेका थिए ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, बन्यो नेपालको ठूलो बैंक

 नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे छ ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको थियाे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको