Like us!
Follow us!
Connect us!
Watch us!

थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि, ४३५ जना डिस्चार्ज

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, १७ : ०४ मा प्रकाशित

थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि, ४३५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार १५ हजार १३१ वटा नमुना परीक्षण गर्दा चार हजार ९६१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ५६२ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार ५३४ जनामा र दुई हजार ५६९ जनामा एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै देशभर सक्रिय संक्रमितको २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा ४३५ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको