भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ ।
पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस