Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा ओमिक्रोन : दुई महिनाभित्र तीन लाख जनाको मृत्यु हुने प्रक्षेपण

अर्थ संसार

बुधबार, ०५ माघ २०७८, १४ : १६ मा प्रकाशित

अमेरिकामा ओमिक्रोन : दुई महिनाभित्र तीन लाख जनाको मृत्यु हुने प्रक्षेपण

अमेरिकामा काेभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुधिरहेका बेला आगामी दुई महिनाभित्र सो संख्यामा अमेरिकीको मृत्यु हुने प्रक्षेपण भएको हो ।

कोभिडबाट अमेरिकामा अहिलेसम्म साढे आठ लाखको मृत्यु भइसकेको छ । 

ओमिक्रोन भेरियन्टका कारण गत वर्षको तुलनामा अमेरिका यो वर्ष कोभिडबाट अझै प्रभावित छ । अमेरिकाका अधिकांश कोभिड अस्पताल बिरामीले भरिएका छन् ।

प्रभावित राज्यमा सेनाको स्वास्थ्य कार्यकर्ता परिचालन गर्ने बाइडेन प्रशासनले बताउँदै आएको छ । अमेरिकामा औषतमा दैनिक संक्रमितको संख्या साढे सात लाख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको