Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई खुसीको खबर : एकैपटक ५ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, ११ : २६ मा प्रकाशित

लगानीकर्तालाई खुसीको खबर : एकैपटक ५ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

५ महिनापछि पुन: नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति दिएकाे छ । यसअघि अध्यक्षकाे नियुक्ति नहुँदा राेकिएका आईपीओहरूलाई अब भने बाेर्डले अध्यक्षकाे नियुक्ती नभए पनि अनुमति दिएकाे हाे । 

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुंगाना असाेज १९ गते बर्खास्त भएका थिए । भदाै १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियाे । छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए । त्यसैबेलादेखि आईपीओहरू पनि राेकिएकाे थियाे । यसअघि साउन १४ गते बाेर्डले ३ वटा कम्पनीहरूलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएकाे थियाे । यसबीचमा आईपीओहरू राेकिए पनि हकप्रद सेयर धने निष्कासन गर्न अनुमति दिइएकाे थियाे । 

लामाे समयदेखि आईपीओ राेक्का हुँदा कम्पनीहरूकाे पुँजी वृद्धि राेकिएकाे भन्दै लगानीकर्ता, निजी क्षेत्र एवमं अन्य सम्बन्धित निकायहरूले बाेर्डलाई आईपीओ निष्कासन गर्न अनुमति दिन दबाब दिँदै आईरहेका थिए । 

सेबाेनकाे हिजाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले ५ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिइने निर्णय गरेकाे बाेर्डकाे सूचना अधिकारी दिपा दहालले बताएकी छिन् । उनका अनुसार वेभसाइटमा अपडेट हुन बाँकी रहेपनि स्वकृती दिने निर्णय भने भइसकेकाे छ । 

हेर्नुस् कुनकाे कति ?

१. जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता  आईपीओ निष्कासन गर्न असार २० गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

२. नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ६ गते सेबोनमा निवेदन पेश गरेको थियाे । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

३. राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते सेबाेनमा निवेदन दिएकाे थियाे । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

४. बलेफी हाइड्रोपावर लिमिटेड 

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन २५ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे थियाे  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

५. ग्रीन भेन्चर लिमिटेड 

ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन २८ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे थियाे  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको