Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, ११ : ०६ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४५ करोड ६२ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ६८ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि १.६५ प्रतिशतले बढेर ८६ करोड २४ लाख ३४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८४ करोड ८४ लाख ४१ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४१.३६ प्रतिशतले बढेर ६८ करोड ४ लाख ५१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४८ करोड १३ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब २ करोड ६२ लाख ४ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४० पैसा रहेको छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ea456643169.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको