Like us!
Follow us!
Connect us!
Watch us!

४६.६७ प्रतिशतले बढ्याे एनसीसी बैंककाे नाफा, वितरणयोग्य नाफा कति छ ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १४ : २८ मा प्रकाशित

४६.६७ प्रतिशतले बढ्याे एनसीसी बैंककाे नाफा, वितरणयोग्य नाफा कति छ ?

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ९० करोड ५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४६.६७ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ६१ करोड ४० लाख ४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ६.०८ प्रतिशतले बढेर एक अर्ब ७० करोड एक लाख ३३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी एक अर्ब ४४ करोड ४२ लाख ९६ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ३२.०८ प्रतिशतले बढेर एक अर्ब १३ करोड ६ लाख १० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ८५ करोड ६० लाख १२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ४४ करोड ४९ लाख १६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ६३ करोड ९६ लाख ७८ हजार रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ८३ करोड ३८ लाख ९२ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ea712071778.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको