ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे लाभांश संशाेधन भएकाे छ । बीमा समितिकाे निर्देशन अनुसार बैंकले लाभांश संशाेधन गरेकाे हाे ।
परिमार्जित लाभांश अनुसार अब कम्पनीले १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्नेछ ।
यसअघि कम्पनीकाे कार्तिक १४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस