Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ लाख ७ हजार कित्ता बोनस सूचिकृत

नेप्से

आइतबार, ०९ माघ २०७८, १४ : ४६ मा प्रकाशित

नेप्सेमा ४ लाख ७ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार  रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएकाे १५ औँ र १६ औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

61ed19c2a253f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको