Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना प्रभाव : यी शाखा बन्द गर्दै एनआईसी एशिया बैंक

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १२ : ३३ मा प्रकाशित

काेराेना प्रभाव : यी शाखा बन्द गर्दै एनआईसी एशिया बैंक

कोरोना भाइरस (COVID 19) को जोखिमलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंक लिमिटेडले दिनहुँ आफ्ना विभिन्न शाखा कार्यालयहरु तथा विस्तारित काउण्टरहरु बन्द गर्दै सिमित शाखाहरूबाट सेवा प्रवाह गर्दै आइरहेकाे छ । 

आज बन्द हुने शाखा र विस्तारित काउण्टरहरूमा प्रदेश १ को रोडशेष चोक विराटनगर शाखा, इटहरी उपमहानगरपालिकाको विस्तारित काउण्टर, मधेष प्रदेशको महेन्द्रनगर - धनुषा शाखा, बाग्मती प्रदेशको बुढानिलकण्ठ शाखा, धुलिखेल शाखा, दरवारमार्ग शाखा, गोगवारी शाखा, गोठाटार शाखा, काँडाघारी शाखा, कौशलटार शाखा, कीर्तिपुर शाखा, माछापोखरी शाखा, न्युरोड खिचापोखरी शाखा, पुल्चोक ललितपुर सात दोबाटो शाखा, सिनामंगल शाखा, ठूलो भर्यांङ्ग शाखा, गोगंबु शाखा, पर्सा शाखा, धोबीघाट विस्तारित काउन्टर, गोलढुंगा विस्तारित काउन्टर, इकाछु विस्तारित काउन्टर, लामाटार विस्तारित काउन्टर, लुभु विस्तारित काउन्टर, मुलपानी विस्तारित काउन्टर, थैव विस्तारित काउन्टर, चन्द्रागिरि, एलआरआई स्कूल एरिया कलंकी विस्तारित काउन्टर, नेपाल ल क्याम्पस विस्तारित काउन्टर र डाँछि विस्तारित काउन्टर रहेका छन् । 

यसका साथै, गण्डकी प्रदेशको पावरहाउस चोक शाखा, लुम्बिनी प्रदेशको भैरहवा शाखा र देवकोटा चोक शाखा र कर्णाली प्रदेशको जुम्ला रोड शाखा बन्द रहनेछन् ।

यी बाहेक अन्य सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरहरू भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको