Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड पीडितलाई फलफूलका विरुवा

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १३ : ५१ मा प्रकाशित

कोभिड पीडितलाई फलफूलका विरुवा

कोभिड–१९ बाट पीडितलाई लक्षित गर्दै इको हिमालले खोटाङको ऐंसेलुखर्क र रावाबेँसी गाउँपालिकामा हिउँदे फलफूलका विरुवा बिक्री सुरु गरेको छ ।

कोभिड–१९ को महामारीका कारण रोजीरोटी गुमेको र विदेशबाट फर्किएका युवालाई लक्षित गर्दै इको हिमालले दुई गाउँपालिकामा सस्तो मूल्यामा स्याउ, नासपाती, आरु, ओखर, किवी, दन्ते ओखर, चुच्चे ओखर, खुर्पानी, बदामको विरुवा बिक्री सुरु गरेको हो ।

कोभिड राहत स्वरुप न्यूनतम प्रतिवटा ५० रुपैयाँका दरले फलफूलको बेर्ना बिक्री सुरु गरिएको इको हिमाल नेपालका कृषि अधिकृत सुमन पराजुलीले बताए । 

 माघ मसान्तसम्ममा दुई गाउँपालिकामा आठ लाख २४ सय मूल्य बराबरको ११ हजार ४००  बेर्ना बिक्री  गरिने इको हिमालले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको