Like us!
Follow us!
Connect us!
Watch us!

ताराखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १४ : ०४ मा प्रकाशित

ताराखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोबाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो । 

दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले जानकारी दिएका छन्। ‘दुई वर्षदेखि विद्युत् उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युत समेत गाउँमा खपत भएको थिएन, गाउँमा जम्मा एक हजार ३०० घरमा विद्युतीकरण गरिएको छ,’ उनले भने, ‘अहिले नेपाल विद्युत् प्राधिकरणसँग खरीदबिक्री सम्झौता (नेट मिटरिङ पिपिए) गरेका छौँ । माघ ११ गतेदेखि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।’ 

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ । दुई वर्षदेखि १८० किलोबाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जानकारी दिएको छ ।  

प्राधिकरणअन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फत ताराखोलाको अर्गलमा वितरण गरिएको प्रसारण लाइनमा सो आयोजनाले उत्पादन गरेको विद्युत् जोडिएको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनिले जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले दिएको अनुमति अनुसार आयोजनालाई राष्ट्रिय प्रसारण आयोजनाको ११ केभिए प्रसारण लाइनमा जोडिएको छ ।

सो आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले खपत गर्ने र आयोजनाले कम उत्पादन गर्दा प्राधिकरणको विद्युत् आयोजनामार्फत वितरण गर्ने गरी सम्झौता भएको छ । केन्द्र प्रमुख मरासिनीका अनुसार ६ महीना (मंसिरदेखि वैशाख) सम्म प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र  अर्को ६ महीना (जेठदेखि कात्तिक) सम्म प्रतियुनिट चार रुपैयाँ ८० पैसामा खरीदविक्री गर्ने सम्झौता भएको छ । 

सम्झौताले स्थानीयवासीलाई बढी फाइदा पुग्ने उनको भनाइ छ । स्थानीय जलविद्युत् समस्यामा बन्द हुँदासमेत गाउँमा प्राधिकरणको विद्युत् पठाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको