Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडीसी लघुवित्तको नाफा ६.५६ प्रतिशतले घट्यो, ईपिएस कति ?

अर्थ संसार

विहीबार, १३ माघ २०७८, ०८ : ४७ मा प्रकाशित

आरएसडीसी लघुवित्तको नाफा ६.५६ प्रतिशतले घट्यो, ईपिएस कति ?

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६.५६ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड २३ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १८.७९ प्रतिशतले बढेर ९ करोड ४३ लाख ८३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ७ करोड ९४ लाख ५५ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ६.७९ प्रतिशतले घटेर ६ करोड ९६ लाख ४८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो नाफा ७ करोड ४७ लाख २५ हजार रुपैयाँ थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ र जगेडा कोषमा ७ करोड ७७ लाख ६९ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ १५ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f20c9bdbc53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको