Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा ३ करोड डोज खोप लगाइयो : स्वास्थ्य मन्त्रालय

अर्थ संसार

विहीबार, १३ माघ २०७८, १६ : ५८ मा प्रकाशित

नेपालमा ३ करोड डोज खोप लगाइयो : स्वास्थ्य मन्त्रालय

नेपालमा बिहीबारसम्म कोरोना भाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । 

जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ । 

नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ डोज खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको