अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त कार्यको लागि अभियान लघुवित्तका का।मु। प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हाल अभियान लघुवित्त वित्तीयको अधिकृत पूँजी ३० करोड रूपैयाँ, जारी पूँजी २५ करोड रूपैयाँ, र चुक्ता पूँजी १५ करोड २५ लाख रूपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड रूपैयाँ हुनेछ । गत कात्तिकमा सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
अभियान लघुवित्त कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६-६-१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस