Like us!
Follow us!
Connect us!
Watch us!

भारतको प्रतिष्ठित ब्रान्ड 'जेके' को ओटीआर टायर नेपालमा

अर्थ संसार

आइतबार, १६ माघ २०७८, १६ : ४७ मा प्रकाशित

भारतको प्रतिष्ठित ब्रान्ड 'जेके' को ओटीआर टायर नेपालमा

भारतको प्रतिषि्ठत टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा डेल्टा डिषि्ट्रब्युटर्सले यी टायर उपलब्ध गराएको छ । 

एक कार्यक्रमका बीच नेपाल हेभी इकि्वपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरे । सो अवसरमा उनले भने-'नेपाली बजारमा विकास निर्माणमा प्रयोगका लागि प्रशस्तै हेभी इकि्वपमेन्ट उपलब्ध भएका र त्यस्ता उपकरणका लागि उपयुक्त गुणस्तरका टायर आवश्यक छ । जेके टायरका गुणस्तरयुक्त टायर त्यस्ता उपकरणका लागि उपयुक्त हुने र हेभी इकि्वपमेन्ट व्यवसायीहरुले फाइदा लिन सक्ने अपेक्षा गर्न सकिन्छ ।'

जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, हि्वल लोडर, मोटर ग्रेडर, मोबाइल कंकि्रट मिक्सर, सि्कड सि्टयर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ । 

ग्राहकको माग अनुसार सबै मोडलका टायर उपलब्ध गराइने डेल्टा डिषि्ट्रब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले बताए । देशभर उपलब्ध डिलर नेटवर्कमार्फत बिक्री र बिक्री पछिको सेवा समेत उपलब्ध गराइने उनले बताए । 

अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रकि्रया र उन्नत प्रविधिले सुसजि्जत गरी उत्पादन गरिएका जेके टायर लोकपि्रय मानिन्छन् । कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायर देखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिव ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ । उक्त अफ द रोड टायर 'भीईएम ०४५'सन् २०१९ को लिम्का बुक अफ रेकर्ड्समा समेत दर्ता भएको थियो । 

जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो । हाल यसका भारतमा ९ र मेकि्सकोमा ३ गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिक रुपमा ३ करोड ५० लाख युनिट भन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिषि्ट्रब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ । 

जेके टायरले विभिन्न राषि्ट्रय र अन्तर्राषि्ट्रय स्तरका पुरस्कार समेत पाइसकेको छ । विशेष गरी मोटर स्पोर्ट्स प्रवद्र्धन गर्नमा जेके टायरले महत्वपूर्ण भूमिका खेलेको छ । क्याटरपिलर, बीईएमएल, जेसीबी, लीब्वाई, एजक्स फियोरी, एल एन्ड टी कन्स्ट्रक्सन, एस्कर्ट्स, एक्सन कन्स्ट्रक्सन इकि्वपमेन्ट र अन्य धेरै निर्माण उपकरण निर्माताहरुको लागि जेके टायर एक विश्वसनिय आपूर्तिकर्ता पनि हो । 
यसै सन्दर्भमा हालै कम्पनीले कुनै पनि दुई टिपर टायर खरिद गर्दा एक थान आकर्षक इलेकि्ट्रक जग पाइने अफर समेत उपलब्ध गराएको छ । 
  

61f6710062bb1.jpeg 61f671007efb1.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको