Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको सञ्चालन मुनाफा ४०३ प्रतिशतले बढ्यो, निरन्तर घट्दै नोक्सानी

अर्थ संसार

सोमबार, १७ माघ २०७८, १० : ४४ मा प्रकाशित

चन्द्रागिरी हिल्सको सञ्चालन मुनाफा ४०३ प्रतिशतले बढ्यो, निरन्तर घट्दै नोक्सानी

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीले १ करोड ७३ लाख रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ । गत आर्थिक बर्षको अन्तिमसम्ममा १२ करोड ३२ लाख रुपैयाँ खुद घाटामा थियो । कोभिड १९ का कारण बन्द कम्पनी कोभिडको प्रभाव कम भएसंगै खुल्दा यो अवधिमा कम्पनी नोक्सानी घटाउन सफल भएको देखिन्छ । 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २५ करोड ९२ लाख ३० रुपैयाँ पगेको छ जुन गत आर्थिक बर्षको यसै अवधिमा ५ करोड १५ लाख ९ हजार रुपैयााँमा सिमित हुन पुगेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४०३.२७ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीले प्रकाशित गरेको बित्तिय विवरण अनुसार हाल कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक छ । समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २९ पैसा ऋणात्मक छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २६ पैसा ऋणात्मक थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको