ग्लोबल आईएमइ लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
संस्थाको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।
सेयरधनीहरुले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यलय बिजयपुर, कास्कीमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।
लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको नाम संस्थाको वेबसाइट www.gilb.com.np मा हेर्न सकिने संस्थाले जनाएको छ ।
बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस