Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको नाफामा गिरावट, बढ्याे खुद ब्याज आम्दानी

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, १२ : ३० मा प्रकाशित

छिमेक लघुवित्तको नाफामा गिरावट, बढ्याे खुद ब्याज आम्दानी

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १९.०१ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ६१ करोड ५४ लाख ९३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने १३.९१ प्रतिशतले बढेर एक अर्ब १२ करोड ९ लाख ६७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ९८ कराेड ४१ लाख ९ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा १९.०२ प्रतिशतले घटेर ७१ कराेड १९ लाख ५५ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले ८७ करोड ९२ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब २८ करोड १७ लाख ३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४२ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ २६ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61fccd611be4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको