Like us!
Follow us!
Connect us!
Watch us!

बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु

अर्थ संसार

शनिबार, २२ माघ २०७८, ०८ : ०१ मा प्रकाशित

बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ । मृतक पहिचान खुल्न सकेकाे छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।

जीप खाेल्सामा खसेकाे थियाे ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको