Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको नाफा २७.४२ प्रतिशतले बढ्दा कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

सोमबार, २४ माघ २०७८, ०८ : ५६ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको नाफा २७.४२ प्रतिशतले बढ्दा कस्ता छन् अन्य सूचक ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले २३ करोड ५१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २७.४२ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले १८ करोड ४५ लाख २६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि २०.६६ प्रतिशतले बढेर ७६ करोड ६२ लाख ४७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ६३ करोड ५० लाख ३० हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ०.३१ प्रतिशतले बढेर २९ करोड ३८ लाख ११ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले २९ करोड २९ लाख १ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ८० करोड रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४१ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा छ ।

संस्थाले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62008f3dbdf51.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको