प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आजकाे मन्त्रिपरिषद् बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । हिजाे आइतबार बसेकाे तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिएका थिए ।
स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारे सरकार र निर्वाचन आयोगबीच छलफल भएर आगामी जेठ ४ मा गर्ने सहमति भयो । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ पाँचमा यसअघि निर्वाचित जनप्रतिनिधिको समय सकिनु अघि नै ४ गते निर्वाचन गर्ने सहमति भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस