Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले बढ्याे सेयर बजार, सर्वाधिक कमाउने र काराेबार हुने दुवैमा निफ्रा अब्बल

नेप्से

सोमबार, २४ माघ २०७८, १५ : ०१ मा प्रकाशित

दाेहाेराे अंकले बढ्याे सेयर बजार, सर्वाधिक कमाउने र काराेबार हुने दुवैमा निफ्रा अब्बल

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । गत बिहीबार र हिजाे आइतबार घटेकाे बजारले आज भने उकालाे यात्रा तय गरेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेकाे छ । नेप्से ०.५५ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार एक सय ८१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै लगानी समूह बढेकाे छ ।

साेमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ४९ कराेड ३४ लाख ४९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सर्वाधिक नाफा कमाउनेमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका लगानीकर्ता नै अगाडि छन् । बैंककाे सेयरमूल्य ८.४२ प्रतिशतले बढेर ४ सय १२ रूपैयाँ पुगेकाे छ । 

यस दिन बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीकाे सेयरमूल्य ४.५७ प्रतिशतले घटेर प्रतिकित्ता ६ सय ६८ रूपैयाँमा झरेकाे छ । 

हेराैँ आजकाे सेयर तालिका :

6200e67a832ab.jpg 6200e680aceee.jpg 6200e688de24b.jpg 6200e6924ca4d.jpg 6200e69ac54cc.jpg 6200e6a66cb61.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको