Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको नाफामा ७८८ प्रतिशतकोे उछाल, ईपीएसमा छलाङ

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १० : ५१ मा प्रकाशित

माउन्टेन इनर्जीको नाफामा ७८८ प्रतिशतकोे उछाल, ईपीएसमा छलाङ

माउन्टेन इनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७८८.७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ६८ करोड २१ लाख रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ८ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा पुगेको छ गत बर्षको यसै अवधिमा कम्पनीको ईपीएस २.८५ पैसा मात्र थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २५ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको