Like us!
Follow us!
Connect us!
Watch us!

दूध प्रतिलिटर ८५ रुपैयाँ

पत्रपत्रिका

विहीबार, २७ माघ २०७८, ०८ : २३ मा प्रकाशित

दूध प्रतिलिटर ८५ रुपैयाँ

सरकारको स्वामित्वमा  रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य  प्रतिलिटर नौ  रुपियाँ वृद्धि गरी ८५ रुपियाँ  निर्धारण  गरेको छ । डीडीसीको  बुधबार  बसेको  सञ्चालक  समितिको बैठकले   सो   मूल्य   निर्धारण   गरेको   हो । 

यसअघि मन्त्रिपरिषद्को  बैठकले  किसानका  लागि  प्रतिलिटर ६.५२ रुपियाँ  वृद्धि  गरी  ५६.०४  रुपियाँ  निर्धारण  गरेको  थियो । त्यसअघि  किसानले  बेच्ने  दूधको  मूल्य  प्रतिलिटर  ४९.५२ रुपियाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य  निर्धारण  गर्ने जिम्मेवारी  डीडीसीलाई  दिएको  थियो ।

डीडीसीले  उपभोक्ता मूल्य  निर्धारण  गरिसकेपछि  त्यसैको  आधारमा  निजी  डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपियाँ थियाे । त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ ।

वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर  ६.५२  रुपियाँ  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर २.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको  छ । उद्योगीले  प्रतिलिटर १० रुपियाँ वृद्धि  गर्नुपर्ने माग गरेका थिए । १० रुपियाँमध्ये  सात रुपियाँ किसानको हुने र तीन रुपियाँ उद्योगीको हुने पस्ताव गरिएको थियो । यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको