Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावर १ करोड ७१ लाख नाफामा, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, ११ : ३७ मा प्रकाशित

तेह्रथुम पावर १ करोड ७१ लाख नाफामा, अन्य सूचक कस्ता छन् ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ७१ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ७९ लाख ८ हजार रुपैयाँ नाेक्सानमा थियाे ।

यसैगरी, दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ८ करोड ६४ लाख ५० हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम अघिल्लाे वर्षकाे तुलनामा ११४.७४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड २ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहँदा जगेडा कोष भने ८ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रूपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :

6205fc32d7961.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको