Like us!
Follow us!
Connect us!
Watch us!

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर बढ्ने, विकास बैंक र फाइनान्स पनि छलफलमा

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, १५ : ४३ मा प्रकाशित

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर बढ्ने, विकास बैंक र फाइनान्स पनि छलफलमा

फागुन महिना देखि लागु हुने गरी वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएकाछन् । ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका थिए तर तरलता अभावका बढेपछि वाणिज्य बैंकहरु ब्याजदर बढाउने पक्षमा देखिएका हुन् ।

चालु महिनामा अधिकांश वाणिज्य बैंकहरुको ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर कायम छ । । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन जारी गरेको थियो । उक्त निर्देशन बमोजिम बैंकहरुले अब अधिकतम १० प्रतिशतसम्म मात्र बृद्धि गर्न सक्नेछन् । 

अबको बृद्धि पछि अधिकांश वाणिज्य बैंकहरुको ब्यक्तिगत निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुग्नेछ । आज बसेको बैंकर्स संघको बैठकले व्यक्तिगत निक्षेप तर्फ ११.०३ प्रतिशत र संस्थागत निक्षेपतर्फ १०.०३ प्रतिशत ब्याजदर कायम गर्ने तयारी गरेको हो । वाणिज्य बैंकहरुले ब्याजदर बढाउने तयारी गरेसंग विकास बैंक र फाइनान्स कम्पनीहरु समेत ब्याज बढाउने तयारीमा लागेको श्रोतले बतायो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको