Like us!
Follow us!
Connect us!
Watch us!

३३.१३ प्रतिशतले घट्यो एनएलजी इन्स्याेरेन्सकाे नाफा, प्रतिसेयर आम्दानी कति छ ?

अर्थ संसार

आइतबार, ०१ फागुन २०७८, ०८ : १० मा प्रकाशित

३३.१३ प्रतिशतले घट्यो एनएलजी इन्स्याेरेन्सकाे नाफा, प्रतिसेयर आम्दानी कति छ ?

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३३.१३ प्रतिशतले घटेर १० करोड २९ लाख २४ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ३९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि २२.६२ प्रतिशतले घटेर ४२ करोड ७१ लाख ५१ हजार रुपैयाँमा सिमित छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ५५ करोड २० लाख २१ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब २० करोड ६० लाख १३ हजार रुपैयाँ र जगेडा कोषमा ३६ करोड ५९ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ ।कम्पनीको बीमा कोषमा १ अर्ब ७ करोड ६४ लाख ९३ हजार रूपैयाँ रहेको छ ।

त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ ८६ पैसा रहेको छ । कम्पनीकाे मूल्य आम्दानी अनुपात ५८.१७ गुणा रहेकाे छ ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62086ec784722.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको