Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ नेपालकाे आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर

अर्थ संसार

आइतबार, ०१ फागुन २०७८, १७ : ५६ मा प्रकाशित

इमर्जिङ नेपालकाे आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर

इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि आज (फागुन १ गते, आइतबार) सम्म सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ ।

सीडीएसका अनुसार अन्तिम दिन आइतबार साँझसम्ममा २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५३.८७ गुणा धेरै हो । अन्तिम तथ्यांक थाेरै तलमाथि पर्न सक्नेछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

 उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको