Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा अपि पावर अब्बल

नेप्से

बुधबार, ०४ फागुन २०७८, १५ : ०३ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा अपि पावर अब्बल

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । हिजाे मंगलबार अर्थसतकले बढेकाे बजारले आज भने ओरालो यात्रा तय गरेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा पुगेकाे छ । नेप्से ०.७२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४७ अंकले घटेर ५१८.६६ विन्दुमा पुगेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ५६ लाख ५२ हजार एक सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७ सय ८४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेको छ भने बाँकी २ वटा उपसमूहकाे सेयर बढेकाे छ । अन्य उपसमूह र लाइफ इन्स्याेरेन्स बढेकाे हाे ।

बुधबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २१ कराेड १४ लाख ६५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । संस्थाकाे सेयरमूल्य ३.४४ प्रतिशतले बढेर एक हजार ३ सय ५५ रूपैयाँ पुगेकाे छ । 

यस दिन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटाएकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.९६ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ७० रूपैयाँ २० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको