Like us!
Follow us!
Connect us!
Watch us!

निफ्रासहित नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १४ : २० मा प्रकाशित

निफ्रासहित नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे ८ प्रतिशत बोनस बापतको एक कराेड ६० लाख कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेकाे थियाे ।

त्यसैगरी, सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बाेनस बापतकाे ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रति सेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको