Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा झिनाे गिरावट, किन घट्दैछ लगानीकर्ताको मनोबल ?

नेप्से

विहीबार, ०५ फागुन २०७८, १५ : १३ मा प्रकाशित

नेप्सेमा झिनाे गिरावट, किन घट्दैछ लगानीकर्ताको मनोबल ?

साताकाे अन्तिम काराेबार दिन आज बिहीबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । 

बजारमैत्री सकारात्मक कुराहरू नहुँदा अहिले लगानीकर्ताहरूकाे मनाेबल घट्दै गईरहेकाे जानकारहरू बताउँछन् । सरकारले राम्रारी खर्च गर्न नसक्दा तरलताकाे अभाव झन्-झन् खड्किँदाे अवस्थामा छ । बैंकहरूले ब्याजदर पनि बढाएका छन् । देशमा राजनीतिक अन्याेलता पनि बढेकाे छ । एमसीसी प्रस्तावका कारण सत्ता गठबन्धनमा खटपट देखिएको छ । यस्ता सबै कुराहरूले गर्दा लगानीकर्ताहरूकाे मनाेबल घट्दै गइरहेकाे विश्लेषकहरूकाे तर्क छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा झरेकाे छ । नेप्से ०.०७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक भने स्थिर रहेकाे छ ।

कूल २३३ वटा कम्पनीकाे ४० लाख १७ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

 

बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड ३७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.४७ प्रतिशतले बढेर ६ सय २५ रूपैयाँ पुगेकाे छ । 

यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ४.४६ प्रतिशतले घटेर १६ हजार ५१ रूपैयाँमा झरेकाे छ । 

याे पनि :

MCC को कुराले सेयरबजारमा प्रभाव परेको हो ? अहिलेको सेयरबजारको माहोल र अबको रणनीति | Dr.Bimal Tiwari

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको