Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको डेपुटी सीईओमा थापा र न्यौपाने, डीजीएममा अर्यालको बढुवा

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १६ : ५७ मा प्रकाशित

माछापुच्छ्रे बैंकको डेपुटी सीईओमा थापा र न्यौपाने, डीजीएममा अर्यालको बढुवा

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ)मा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने बढुवा भएका छन् । त्यसैगरी नायव महाप्रबन्धक(डीजीएम)मा प्रशिद्धराज अर्याललाई बढुवा गरिएको छ ।  उक्त बैंकमा लामो समय उच्च व्यवस्थापनमा रहेर कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापाको बहुबैंकिङ व्यवसाय र न्यौपानेसँग संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल रहेको बैंकले जनाएको छ । उनीहरुसँग बैंकिङ क्षेत्रमा दुई दशक काम गरेको अनुभव छ ।    

यता डीजीएममा बढुवा भएका अर्यालले पनि बैंकिङ् क्षेत्रमा करिब दुई दशक बिताएका छन् । उनीसँग क्रेडिट व्यवसाय, ट्रेजरी, शाखा संचालन, माइक्रो फाइनान्सलगायतका क्षेत्रमा काम गरेको अनुभव रहेको बैंकले विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।  बैंकले हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको