Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले डाक्याे स्थगित साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

शुक्रबार, ०६ फागुन २०७८, ०८ : ०० मा प्रकाशित

महालक्ष्मी विकास बैंकले डाक्याे स्थगित साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

महालक्ष्मी विकास बैंक लिमिटेडले यसअघि स्थगित भएकाे वार्षिक साधारण फेरि बाेलाएकाे छ । अब उक्त साधारण सभा फागुन १३ गते शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

गणपुरक संख्या नपुगेपछि बैंककाे पौष २५ गते, आइतबार हुने भनिएकाे सभा स्थगित भएको थियो । उच्च अदालत पाटनको आदेशपछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको थियाे । बैंकका शेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकका समेत विरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतबाट विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको थियाे ।

फेरि  बैंककाे बीसाैँ वार्षिक साधारण सभा माघ ३ गते, साेमबार हुने भनिएकाेमा सर्वाेच्च अदालतले राेक लगाएकाे थियाे । सर्वाेच्चले साधारण सभा नगर्न बैंककाे नाममा अन्तरिम आदेश जारी गरेकाे थियाे । बैंककाे वार्षिक साधारण सभा र सञ्चालक समितिको निर्वाचन कार्यक्रम अन्तरसम्बन्धित भएको हुँदा सविधा र सन्तुलनको दृष्टिकोणबाट उक्त रिटकाे निवेदनको अन्तरिम आदेश सम्बन्धी छलफलको टुङ्गो नलागेसम्मका लागि महालक्ष्मी विकास बैंकको साधारण सभा नगर्न नगराउन भनी उच्च अदालत नियमावली २०७३ को दफा ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरेकाे थियाे ।

सभामा बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने जस्ता प्रस्तावहरू पारित गरिनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

620f03d7521a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको