Like us!
Follow us!
Connect us!
Watch us!

'बजारको स्थिरता नै मेरो पहिलो प्राथमिकता, राष्ट्र बैंकसँग केहि दिनमै छलफलमा बस्दैछौँ '

बसन्त पाण्डे

शुक्रबार, ०६ फागुन २०७८, १३ : ४९ मा प्रकाशित

'बजारको स्थिरता नै मेरो पहिलो प्राथमिकता, राष्ट्र बैंकसँग केहि दिनमै छलफलमा बस्दैछौँ '

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले यदि राष्ट्र बैंकको नीतिका कारण सेयर बजार अस्थिर भएको हो भने केहि दिनभित्र राष्ट्र बैंकसँग छलफलमा बस्ने बताएका छन्।  अर्थसंसारसँग कुरा गर्दै उनले सेयर बजार निकै नै अस्थिर भएको विषयमा आफू निकै चिन्तित रहेको बताउँदै सेयर बजार अर्थतन्त्रको मेरुदण्ड भएको र अस्थिर सेयर बजारले अस्थिर अर्थतन्त्रको चित्रण गर्ने भन्दै सरकार तथा नियामक निकायहरुले यो कुरा राम्ररी बुझ्नुपर्ने पनि बताएका छन।  

पछिल्लो समय राष्ट्र बैंकले सेयर धितो कर्जामा लिएको ४/१२ करोडको क्यापको नीतिले आक्रान्त बनाएको सेयर बजारमा हिजो बिहिबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको बुँदा नम्बर ७२ मा 'बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङ्ग सम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिनेछ' भन्ने बुँदा परेसँगै सेयर धितोकर्जाको हाल कायम १००% को जोखिम भार बढाउने संकेत राष्ट्र बैंकले गरेको छ। यो व्यवस्थाले बैंक तथा वित्तिय संस्थाहरुले स्वत: स्फुर्त रुपमा सेयर धितोमा कर्जा प्रवाह कम गर्ने र सेयर धितोकर्जामा कमी आउने बुझाइ राष्ट्र बैंकको रहेको छ।  ब्रोकरमार्फत मार्जिन लेन्डिंगको व्यवस्थालाइ कार्यान्वयनमा ल्याएको भए लगानीकर्ताहरु मार्जिन लोनको लागि बैंक धाइरहनु पर्ने थिएन र यसले सेयर बजारलाई स्थायित्व प्रदान गर्ने थियो नि भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै हमालले ब्रोकर मार्फत मार्जिन लेण्डिङ्गको कुरालाई प्राथमिकता साथ अगाडी बढाउने बताए। 

त्यस्तै इन्ट्रा डे ट्रेडिङ्ग र सर्ट सेलिङ्गको कुरामा पनि आफू यी टुलहरु प्रयोगमा ल्याउने पक्षमा भएको बताउँदै हमालले जुन कुराहरुले सेयर बजारलाई राम्रो गर्छ ति कुराहरुको कार्यान्वनमा आफू प्रतिबध्दताका साथ लाग्ने बताएका छन।  नियामक निकायले कुनै नीति ल्याउँदा धेरै कुरा सोचविचार गरेर मात्रै ल्याउनुपर्ने बताउँदै हमालले धितोपत्र बोर्डको अध्यक्षको हैसियतले आफुले गर्नुपर्ने कामहरु धेरै रहेको र राम्रो छलफल र  वैचारिक मन्थन गरेर सेयर बजारको विकास र स्थायित्वको लागि आवश्यक नीति तथा कार्यक्रमहरु तय गर्ने पनि बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको