Like us!
Follow us!
Connect us!
Watch us!

गणपुरक संख्या नपुग्दा जानकी फाइनान्सकाे एजीएम स्थगित, अब कहिले ?

अर्थ संसार

आइतबार, ०८ फागुन २०७८, ०८ : २२ मा प्रकाशित

गणपुरक संख्या नपुग्दा जानकी फाइनान्सकाे एजीएम स्थगित, अब कहिले ?

हिजाे फागुन ७ गते, शनिबार हुने भनिएकाे जानकी फाइनान्स कम्पनी लिमिटेडकाे पच्चीसाैँ वार्षिक साधारण सभा स्थगित भएकाे छ । गणपुरक संख्या नपुगेकाे हुनाले कम्पनीकाे साधारण सभा स्थगित भएकाे हाे ।

अब उक्त सभा फागुन २२ गते, आइतबार गायत्री कुञ्ज, अतिथी सदन, जानकी चाैक, जनकपुरमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।

सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6211a986cc779.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको