Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले बढ्याे सेयर बजार, नेप्सेमा बटम लागेकाे हाे ?

नेप्से

सोमबार, ०९ फागुन २०७८, १५ : ०७ मा प्रकाशित

दाेहाेराे अंकले बढ्याे सेयर बजार, नेप्सेमा बटम लागेकाे हाे ?

आज (साेमबार) सेयर बजारमा हरियाली देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार हुने १३ वटै उपसमूह उकालाे लागेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेकाे छ । नेप्से ०.९४ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ५.१५ अंकले बढेर ५१८.७९ विन्दुमा झरेको छ । 

कूल २२४ वटा कम्पनीकाे ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ ।

साेमबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड ५० लाख १३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि युनाइटेड ईदी मार्दीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ३४ रुपैयाँ ९० पैसा पुगेको छ ।

आज नबिल डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य १.९५ प्रतिशतले घटेर ८ सय ५७ रूपैयाँमा झरेकाे छ ।

नेप्सेमा बटम लागेकाे हाे ?

प्राविधिक विश्लेषक अजय सिंह थापाले शुक्रबार अर्थ संसारसँगको कुराकानीमा नेप्सेमा बटम लाग्दै गरेकाे बताएका थिए । उनले भनका थिए, "१८ जेनेवरीदेखि १७ फेब्रुअरीसम्म एक महिनाकाे लामाे करेक्सन भइसकेकाे छ । अब करेक्सनकाे लगभग अन्तिम-अन्तिम विन्दुमा आइसकेकाे छ । अब हामीले आगामी हप्तामा के हेर्न सक्छाैँ भने १ दिन अथवा २ दिन मार्केट घटेर जान सक्ने सम्भावना देखिन्छ । आइतबार अलि धेरै घट्ने हाे भने मार्केट साेमबारदेखि नै बाउन्स हुन सक्याे । आइतबार अलि थाेरै घट्याे भने साेमबार मंगलबारदेखि चैँ मार्केट बुलिस जाने देखिन्छ । अब करेक्सनकाे एकदमै बटममा आइसकेकाे छ । करेक्सनकाे अन्तिम क्षणहरूमा छ । अब एकुमुलेट गर्नुपर्ने समय छ ।" यस साताबाट मार्केट बुलिसमा जाने र र्यापिड ग्राेथ आउने आफ्नाे अनुमान रहेकाे उनी बताउँछन् । 

प्राविधिक विश्लेषक अजय सिंह थापासँग गरिएको कुराकानीको भिडियो हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको