Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्से

सोमबार, ०९ फागुन २०७८, १५ : ५२ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार नेपाल बैंक लिमिटेडकाे १४ प्रतिशत बोनस बापतको एक कराेड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल बैंक लिमिटेडकाे कार्तिक ७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

त्यसैगरी, गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बाेनस बापतकाे ७ लाख ८९ हजार एक सय ५२ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको