Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस् : राष्ट्रपति भण्डारी

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, २२ : ०२ मा प्रकाशित

विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले टी२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् । 

समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेकेपछि राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालबाट बधाई दिएकी हुन् । उनले नेपाली टोलीलाई नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफलताको कामना व्यक्त गरेकी हुन् । 

'ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚अग्रिम शुभकामना !' भण्डारीले शुभकामनामा भनेकी छन् । 

6213bb70cde36.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको