Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकाे अवसर : नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ आजदेखि खुल्याे, कसरी भर्ने ?

अर्थ संसार

बुधबार, ११ फागुन २०७८, ०६ : ०८ मा प्रकाशित

लगानीकाे अवसर : नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ आजदेखि खुल्याे, कसरी भर्ने ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ११ गते, बुधबार) देखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

आईपीओ ल्याउन लागेको नेष्डो समृद्ध लघुवित्तकाे कस्ताे छ वित्तीय अवस्था ?

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटाेमा फागुन १५ गतेदेखि ढीलाेमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

रेटिङ कति ?

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

नेष्डो समृद्ध लघुवित्तको आईपीओलाई रेटिङ कति ?

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

621591004ff96.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको