Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको नौलो बचत योजना “NMB You-Wah! Digi Savings”

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, २२ : ०३ मा प्रकाशित

एनएमबि बैंकको नौलो बचत योजना “NMB You-Wah! Digi Savings”

एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहितगर्न नयाँ बचत खाता “NMB You-Wah! Digi Savings”ल्याएको छ ।

१८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाताखोल्न सक्नेछन् । एनएमबि बैंकले यो खाता अन्तर्गत शून्यमौज्दातमै उच्चब्याजदर प्रदानगर्नुको साथै मेरो सेयर, डिम्याट र आस्वानिःशुल्कउपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी यस योजना अन्तर्गत बैंकले, एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबिक्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मानिःशुल्क सुविधा सहित डिजिटल कारोबारमानिःशुल्कअन्तर बैंक फण्ड ट्रान्सफर (ABBS) र वार्षिक रु १,२०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू पनिउपलब्ध गराउने छ । 

यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५% छुट पनिउ पलब्ध गराउने जनाएकोे छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागिपनिउक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनिप्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको