Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेप्से

बुधबार, ११ फागुन २०७८, १५ : २१ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) २ कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ८ लाख ६४ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । 

फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे १३.३० प्रतिशत बोनस बापतको १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे।

6215e2714a0f8.jpg

यो पनि पढ्नुहोस् 

राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ बाँडफाँडकाे मिति तय, २५ लाख बढीकाे हात खाली हुने

नयाँ सारथी लघुवित्तले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

दाेहाेराे अंकले घट्याे सेयर बजार, हाइड्राेपावरमा किन बढ्याे लगानीकर्ताकाे आकर्षण ?

नेप्सेमा १० लाख ६० हजार कित्ता बोनस सूचिकृत

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको