Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १२ : ०५ मा प्रकाशित

नेपाल पुनर्बीमाले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

कम्पनीको पाैष २२ गते सम्पन्न भएकाे छैठाैँ वार्षिक साधारण सभाले पारित गरेकाे २.५ प्रतिशत नगद लाभांश बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म अर्थात् पाैष १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

कम्पनीकाे सेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :   

621876cabffea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको